Kathmandu Press

राप्रपा महाधिवेशन कमल थापा र राजेन्द्र लिङ्देनले गराए अध्यक्षमा उम्मेदवारी दर्ता  

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि आआफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका...
राप्रपा महाधिवेशन कमल थापा र राजेन्द्र लिङ्देनले गराए अध्यक्षमा उम्मेदवारी दर्ता  

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि आआफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। 

उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार छन्। उनलाई सुरुमा लिङ्देनले आफ्नो प्यानलमा समेटेका थिए। पछि थापाको प्यानलमा पनि उनलाई राखिएको थियो। उनी कुनै पक्षमा पनि नखुल्दा उम्मेदवारी दर्तामै अन्योल भएको थियो।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन्। महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लड्दैछन्।

लिङ्देनको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार छन्। महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार छन्।

बुधबार सुरु भएको महाधिवेशनको निर्वाचन प्रक्रिया आज तेस्रो दिन मात्र सुरु भएको हो। राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन्।

अध्यक्षसहित चार उपाध्यक्ष, तीन महामन्त्री र १ सय ४१ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुनेछ।

मतदानका लागि विद्युतीय मेसिन प्योग गरिने बताइएको छ।

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्