Kathmandu Press

उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

अर्बिल, मंसिर १७ः उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको...
उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

अर्बिल, मंसिर १७ः उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ। 

सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले अर्बिलको दक्षिणमा रहेको खिदिर जिजा गाउँमा आक्रमण गर्दा तीन सर्वसाधारणको मृत्यु भएको हो। 

पेशमर्गा, कुर्दिस्तानको सशस्त्र सेनाले जवाफी अपरेशन शुरु गरेको थियो। आईएसहरूले बिछ्याएको विष्फोटक उपकरण पड्किदा सात लडाकुको मृत्यु भएको जानइएको छ।

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, मंसिर १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्