रेखालाई कुन्तीको कटाक्ष : राजनीति गर्न फिल्म खेल्नजस्ताे सजिलाे छैन
काठमाडाैं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको आज (शुक्रबार) तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ।...
काठमाडाैं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको आज (शुक्रबार) तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। त्यसका लागि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ।
राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराइसकेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापालाई कटाक्ष गर्दै राजनीति गर्न फिल्म खेलनभन्दा गाह्रो भएको बताएकी छन्।
अध्यक्षका उम्मेदवार कमल थापा प्यानलमा रहेकी शाहीले आज (शुक्रबार) भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रानीति फिल्म खेल्नजस्तो सहज नहुने बताउकी
हुन्। रेखाले भने अध्यक्षकै उम्मेदवार राजेन्द्र लिङ्देन समूहबाट पनि उम्मेदवारी दिएकी हुन्।
शाहीले रेखालाई संकेत गर्दै भनिन्, ‘उहाँ भ्रममा हुनुहुन्छ, राजनीति भन्ने कुरा हो भन्ने अब बल्ल थाहा पाउनुहुन्छ।’
उनले रेखालाई चुनाव आइरहेको जानकारी दिँदै जनताका माझमा जान आग्रह पनि गरिन्।











-1788524800.jpg)