Kathmandu Press

भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली, मंसिर १७ : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५...
भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली, मंसिर १७ : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

बिहीबार कोरोना सङ्क्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ। भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ। 

गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन्।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, मंसिर १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्