राप्रपा महाधिवेशन : दुवै प्यानलकाे तानातानमा पूर्वमन्त्री विक्रम पाण्डे
काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ।महाधिवेशनको आज (शुक्रबार) तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। त्यसका लागि कमल...
काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ।
महाधिवेशनको आज (शुक्रबार) तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ।
त्यसका लागि कमल थापा र राजेन्द्र लिङ्देनको प्यानल चुनावी मैदानमा उत्रिँदै छन्।
यतिखेर विक्रम पाण्डे भने निकै अप्ठ्यारोमा परेको छ। किनकि, पूर्वमन्त्रीसमेत रहेका पाण्डेलाई दुवै प्यानलले पदाधिकारीका रूपमा उनलाई समेटेका छन्।
पाण्डेले भने कुनै प्यानलमा पनि आफूलाई खुलाएका छैनन्। थापाले आफ्नो प्यानल बनाउनुअघि नै लिङ्देन प्यानलले पाण्डेलाई उपाध्यक्षको उम्मेदवारका रूपमा असघ सारिसकेको थियो।
पछि थापा समूहले आफ्नो प्यानल घोषणा गर्दै पाण्डेलाई समाहित गर्यो।
पाण्डे आफ्नोतिरको नेता भएको तर लिङ्देन समूहले सल्लाह नै नगरी पदाधिकारीमा राखेको आरोप थापा पक्षका नेताहरू बताउँछन्। लिङ्देन पक्षले पाण्डे आफूतिरकै भएको र सल्लाह गरेरै प्यानल घोषणा गरेको बताएको छ।
तर पाण्डे आफैंले यो प्यानलको भनी नखुलाएसम्म अनुमान मात्र भइरहने देखिन्छ। उनी खुल्न बाँकी रहँदा उम्मेदवारी दर्तामा पनि अन्योल भइरहेको बताइएको छ।











-1788524800.jpg)