सर्वोच्चमा नियमित पेशी तोकिएपनि सुनुवाई सुरु हुन सकेन
काठमाडौँ, मंसिर १७ः सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन।सुनुवाइका लागि ११ वटा...
काठमाडौँ, मंसिर १७ः सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन।
सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ।
सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकाेमा आज घर फर्किएका छन्।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)