Kathmandu Press

अभिनेत्री रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी दर्ता

अभिनेत्री रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ।

महाधिवेशनको आज (शुक्रबार) तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया चलिरहँदा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्।

आज ११ बजे उनले उम्मेदवारी दर्ता गराएकी अभिनेत्री थापा अध्यक्षका एक उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएकी  हुन्। 

उनले २०७० सालमा तत्कालीन माओवादी पार्टीसँग जोडिएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी  हुन्। तर २०७३ मंसिरमा उनी कमल थापा नेतृत्वको तत्कालीन राप्रपामा प्रवेश गरिकी हुन्। 

पार्टीमा एक महिलासहित तीनजना महामन्त्री रहने व्यवस्था छ।

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्