Kathmandu Press

प्रदेश १ को पहिलो अधिवेशन विराटनगरमा सुरू

मोरङ, मंसिर १७ : नेपाली कांग्रेस प्रदेश १ को पहिलो अधिवेशन विराटनगरस्थित महानगरपलिकाको शंकरपुरस्थित खुला मैदानमा सुरु भएको छ।प्रधानमन्त्री एवं पार्टी सभापतिशेरबहादुर देउवाले...
प्रदेश १ को पहिलो अधिवेशन विराटनगरमा सुरू

मोरङ, मंसिर १७ : नेपाली कांग्रेस प्रदेश १ को पहिलो अधिवेशन विराटनगरस्थित महानगरपलिकाको शंकरपुरस्थित खुला मैदानमा सुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी सभापतिशेरबहादुर देउवाले भर्चअल रुपमा आज (शुक्रबार) अधिवेशनको औपचारिक रुपमा उद्घाटन गरिसकेका छन्।

अधिवेशनमा केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, मीनेन्द्र रिजाल, विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, सुनिलबहादुर थापालगायत सहभाग िछन्।

अन्य ६ प्रदेशको अधिवेशन बिहीबार नै उद्घाटन भइसकेको छ। प्रदेश १ को पनि बिहीबार नै उद्घाटन गर्ने  कार्यक्रम तय भए पनि अधिवेशन संयोजक कृष्णप्रसाद सिटौलाले प्राविधिक कारण देखाउँदै आजका लागि सारेका  थिए।

महाधिवेशनमा १४ जिल्लाका १ हजार ७ सय ७० प्रतिनिधि अधिवेशनमा सहभागी रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्