Kathmandu Press

संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

संयुक्त राष्ट्रसंघ, मंसिर १७ः संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।
 
यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । यहाँका प्र्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो ।संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँका करिब २ लाख ८० हजार नागरिकलाई यस्तो सहयोग उपलब्ध गराइएको छ ।

यो सहायताको कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायता उपलब्ध गराइएको भनेर टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।

Hardik ivf

यसअघि दुई हप्ता अघिमात्र पनि इरानले यहाँ २१ टनभन्दा बढी खाद्य सामग्री ल्याएको बताएको थियो । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ । 
 

प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्