Kathmandu Press

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज 

काठमाडौं, मंसिर १७ः  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण अस्पताल भर्ना भएका जबरा शुक्रबार साढे ९ बजे डिस्चार्ज भएका...
प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज 
फाइल तस्बिर

काठमाडौं, मंसिर १७ः  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण अस्पताल भर्ना भएका जबरा शुक्रबार साढे ९ बजे डिस्चार्ज भएका हुन्। 

उनी मंसिर १३ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएका थिए। 

स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज भएका जबरा केही दिन घरमै आराम गरेपछि नियमित काममा फर्किने उनका पारिवारिक स्रोतले बताएको छ।

अस्पताल भर्ना भएपछि कामु प्रधानन्यायाधीश तोकेर जबरालाई बिदामा बस्न सत्तारुढ गठबन्धनले सुझाव दिएका थिए । तर, जबराले कामु प्रधानन्यायाधीश तोक्न अस्वीकार गरेका थिए।  

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्