Kathmandu Press

कक्षा १२ को परीक्षाफल प्रकाशित 

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 
कक्षा १२ को परीक्षाफल प्रकाशित 

काठमाडौं, मंसिर १७ः कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । 

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

परीक्षामा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छन् भने ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् ।

त्यस्तै ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८  र  ‘सी’ ग्रेड ल्याउनेको संख्या २४ हजार ५१५ जना रहेको बोर्डले जनाएको छ । 

परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत  नतिजा हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नम्बर र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । 

त्यस्तै एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै १६०१ डाइल  गरेर पनि नतिजा हेर्न सकिन्छ। 

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्