ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
जाजरकोट, मंसिर १७ः आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती...
जाजरकोट, मंसिर १७ः आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला घाइते भएकी छन्।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।
उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा ९माओवादी केन्द्र० आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए।
प्रकाशित मिति: १०:०३ बजे, शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)