Kathmandu Press

राप्रपा महाधिवेशन : आज चुनावी प्रक्रिया सुरु हुँदै

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा आज चुनावी प्रक्रिया सुरु हुन लागेको छ।महाधिवेशन प्रतिनिधिमा विवाद उत्पन्न भएपछि बिहीबार चुनावी प्रक्रिया रोकिएको...
राप्रपा महाधिवेशन : आज चुनावी प्रक्रिया सुरु हुँदै

काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा आज चुनावी प्रक्रिया सुरु हुन लागेको छ।

महाधिवेशन प्रतिनिधिमा विवाद उत्पन्न भएपछि बिहीबार चुनावी प्रक्रिया रोकिएको थियो। प्रतिनिधिको विवाद टुङ्गिएको र आज चुनावी प्रक्रिया सुरु हुने राप्रपाले जनाएको छ।

सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान, तोरण गुरुङ, जनक प्याकुरेल, श्याम शाही, पुस्कर कार्की, श्यामशरण पाठकसहितको टोलीले विवाद टुंग्याएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए।

आज बिहान साढे ११ बजेदेखि दिउसो साढे १ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ। आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र भोलि मात्रै मतदान हुने बस्नेतले बताए।

राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र एक सय ४१ केन्द्रीय सदस्य रहने व्ययवस्था छ। विद्युतीय भोटिङ मेसिनबाट मतदान हुनेछ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति: ०७:५८ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्