Kathmandu Press

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं, मंसिर १७ : राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।यसका लागि आज बिहान ९ बजे बोर्ड...
आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं, मंसिर १७ : राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

यसका लागि आज बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष नहुँदा नजिता सार्वजनिक गर्न ढिलाइ भएको थियो।

शिक्षा मन्त्रालयका सविच बोर्डको अध्यक्ष हुने व्यवस्था छ। बुधबार मात्रै नयाँ सचिव यादव कोइरालाले पद वहाली गरेका थिए।

उनले बिहीबार बोर्डको कार्यालय पुगेर कक्षा १२ नजिता सार्वजनिक गर्ने विषयमा जानकारी लिएका थिए। त्यसका लागि आज बिहान ९ बजे बैठक बस्न लागेको बोर्डले जनाएको छ।

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो। परीक्षामा तीन लाख ७५ हजार विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्