Kathmandu Press

कांग्रेस प्रदेश अधिवेशन: आज उम्मेदवारी दर्ता, भोलि चुनाव

काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा आज उम्मेदवारी दर्ता गर्न लागिएको छ।प्रदेश १ बाहेक सबै...
कांग्रेस प्रदेश अधिवेशन: आज उम्मेदवारी दर्ता, भोलि चुनाव

काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा आज उम्मेदवारी दर्ता गर्न लागिएको छ।

प्रदेश १ बाहेक सबै प्रदेशमा बिहीबार अधिवेशनको उद्घाटन गरिएको छ। प्रदेश १ मा आज बिहान अधिवेशन उद्घाटन हुनेछ।

आज बिहानदेखि सातै प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। आज सबै प्रक्रिया पूरा गरेर शनिबार मतदान हुने कार्यक्रम रहेको छ।

सातै प्रदेशमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। देउवा पक्षलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले समर्थन गरेको छ।

त्यस्तै, पौडेलको पक्षमा महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पक्ष उभिएका छन्।

प्रदेश सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री, एक महिला सहित तीन सहमहामन्त्री र प्रदेश कार्यसमिति सदस्य चयन हुनेछन्। त्यसमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसदले मतदान गर्नेछन्।

प्रकाशित मिति: ०७:१० बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्