नाै देशबाट नेपाल आउने नागरिकलाई रोक
काठमाडाैं, मंसिर १६ : काेराेना भाइरसकाे नयाँ भेरिएन्ट अाेमिक्राेन संक्रमणकाे जाेखिम कम गर्न सरकारले ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको...
काठमाडाैं, मंसिर १६ : काेराेना भाइरसकाे नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणकाे जाेखिम कम गर्न सरकारले ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशका नागरिकलाइ नेपाल प्रवेशमा राेक लगाउने निर्णय गरेकाे हाे।
नेपाल प्रवेशमा राेक लगाएका देशहरूमा दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङक रहेका छन। उक्त देशहरूबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो।
उक्तदेशबाट आउने यात्रलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ। हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।
प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)