Kathmandu Press

श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण

कोलोम्बो, मंसिर १६ : नाेभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको भन्ने स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य...
श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण


कोलोम्बो, मंसिर १६ : नाेभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको भन्ने स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोपबारे चेतावनी दिएका छन्।

सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस सङ्क्रमण भएको देखिएको छ। यो गत २० महिनामा सबैभन्दा बढी थियो।

Hardik ivf

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका डा. शिलान्ती सेनेविराट्नेले गत दुई महिनाभित्र देशभर परेको अविरल वर्षाका कारण डेङ्गुका बिरामीमा उल्लेख्य वृद्धि भएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ।  

'डेंगु नियन्त्रण एकाइभएकाले क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले हामीले अवस्थाको अनुगमन गर्ने र रोकथामका कार्यक्रम र जनतालाई शिक्षित गर्नेजस्ता सम्बन्धित उपाय अपनाउँदै आएका छौं,' डा. सेनविराटले भने। उनले भने, 'ज्वरो र मांसपेशी दुख्ने जस्ता केही लक्षणहरू कोभिड–१९ र डेङ्गु रोगीहरू दुवैमा देख्न सकिन्छ भन्ने तथ्यबारे पनि मानिसहरू सजग हुनुपर्छ।'   

सेनेभिराट्नेले मानिसहरूलाई आफ्नै निष्कर्षमा पुग्नुअघि तुरुन्तै चिकित्सा सल्लाह माग्न आग्रह गरे। सरकारी तथ्याङ्कअनुसार पूर्वी प्रान्तको राजधानी सहर कोलम्बो र बाट्टिकालोआबाट निकै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन्।

डेङ्गु ज्वरोका अन्य लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्