Kathmandu Press

माग पूरा नभए पुनः अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, मंसिर १६ : डा. गोविन्द केसीले आफ्ना माग सरकारले पूरा नगरे पुनः सत्याग्रह बस्ने चेतावनी दिएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले...
माग पूरा नभए पुनः अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, मंसिर १६ : डा. गोविन्द केसीले आफ्ना माग सरकारले पूरा नगरे पुनः सत्याग्रह बस्ने चेतावनी दिएका छन्।

 बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सिटिइभिटीको उपाध्यक्षबाट खगेन्द्रप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्दै अधिकारीलाई केसीले मेडिकल माफियाका प्रतिनिधिको संज्ञा समेत दिएका छन्। मेडिकल माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस्, उनले भनेका छन्, नर्सिङ लगायतका विषय पढाउने कलेजहरूबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरू अक्षरशः कार्यान्वयन गरियोस्।

 केसीले जारी गरेको विज्ञप्तिमा पाँच वटा बुँदामा आफ्ना माग राखेका छन्। बर्खास्त गर्न भन्दै आफूहरूले असोज २१ गते पनि सरकारको ध्यानाकर्षण गराएको ‍तर त्यसयता पनि अधिकारीले चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगका निर्णय बारम्बार उल्लंघन गरेको केसीको ठहर छ।

यसैगरी केसीले बिपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरूलाई पनि तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाई छानबिन सुरू गर्न माग राखेका छन्। 

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्