भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट फेला परेको पुष्टि भएको हो।
काठमाडौं, मंसिर १६ : दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ ।
सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट फेला परेको पुष्टि भएको हो।
सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् बीबीसीले भनेको छ । उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम भएको बताएको छ।
बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ। नेपालमा भने अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन।
प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1788524800.jpg)