Kathmandu Press

कमल थापाले टुंगाे लगाए पदाधिकारी उम्मेदवार, विक्रम पाण्डेको नाम दुवैतिर

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  को नयाँ नेतृत्व चयनका लागि कमल थापाले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएका छन्।थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम...
कमल थापाले टुंगाे लगाए पदाधिकारी उम्मेदवार, विक्रम पाण्डेको नाम दुवैतिर

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  को नयाँ नेतृत्व चयनका लागि कमल थापाले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएका छन्।

थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारका रुपमा टुंगो लागेको जनाइएको छ। महिला उपाध्यक्षमा रोशन कार्कीलाई अघि सारिएको बताइएको छ। 

महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ। विक्रम पाण्डेको नाम भने दुवै पक्षले प्यानलमा परेको छ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ भने शुक्रबार मतदान हुँदैछ। अध्यक्षमा थापाको भिडन्त राजेन्द्र लिङ्देनसँग हु्ँदैछ।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्