Kathmandu Press

माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तनकाे रक्षा हुन्छ : प्रचण्ड

काठमाडौं, मंसिर १६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन जोगिने बताएका छन्।पेरिसडाँडास्थित पार्टी कार्यालय आज (बिहीबार)...
माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तनकाे रक्षा हुन्छ : प्रचण्ड

काठमाडौं, मंसिर १६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन जोगिने बताएका छन्।

पेरिसडाँडास्थित पार्टी कार्यालय आज (बिहीबार) विभिन्न पार्टीका कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयास भएको बताए। 

उनले नेपालमा समाजवादको यात्राका लागि माओवादीको निर्विकल्प रहेको दाबी पनि गरे।

उनले नेपालमा परिवर्तनको रक्षाका लागि मात्रै नभई राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिन माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको जिकिर गरे।

हिजो गणतन्त्रका विरुद्ध जो लागे ती अहिले पनि गणतन्त्रविरोधी नै रहेको उनले बताए। ‘महिलालाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन्,’ उनले भने, ‘दलितहरुलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन्।’

सबैखाले परिवर्तन माओवादी आन्दोलनकै परिणाम भएको हुनाले तिनलाई बचाउन माओवादीलाई बलियो बनाउनुपर्ने उनले बताए। जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र र जनताको मुक्ति आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने कुरा जनतासमक्ष प्रस्तुत गर्न नेताकार्यकर्ताहरुलाई निर्देशन दिए। 

प्रचण्डले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, जनता र उनीहरुको मुक्ति आन्दोलनलाई निष्कर्षमा पु¥याउने कुरा जनतासमक्ष प्रस्तुत गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए।

उनले एमालेमा रहेका केही मधेस केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरे। संविधान संशोधन प्रस्ताव राख्दा ‘एमाले केपी गुट’ले नमानेको प्रचण्डको भनाइ थियो। ‘एमालेको केपी गुट जनजाति, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ’ उनले भने, ‘उनैको कारणले संविधान संशोधन नै भएन।’

उनले माओवादी केन्द्रमा सदस्य संख्या १० लाख पुग्ने दाबी पनि गरे। उनले माओवादी केन्द्रप्रति जनताको आत्मविश्वास बढ्दै गएको उनको भनाइ थियो।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्