Kathmandu Press

कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने बोर्डकाे तयारी

काठमाडौं, मंसिर १६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोलि (शुक्रबार) प्रकाशित गर्ने तयारी गरेको छ।सबै तयारी भइएकाले भोलि नै नतिजा प्काशनको...
कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने बोर्डकाे तयारी

काठमाडौं, मंसिर १६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोलि (शुक्रबार) प्रकाशित गर्ने तयारी गरेको छ।

सबै तयारी पूरा भइसकेकाले भोलि नै नतिजा प्रकाशनको तयारी गरिएको बोर्डले जानकारी दिएको छ।

गत भदौ ३० देखि असोज ८ गतेसम्म कक्षा–१२ को परीक्षा सञ्चालन गरिएको थियो। सो परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए।

कोभिड–१९ का कारण परीक्षाबाट वञ्चित भएकाहरूले हिजो (बुधबार) देखि परीक्षा दिएका छन्। जसमा ४१ विद्यार्थी परीक्षामा सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

उनीहरू परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डको भनाइ छ।

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्