Kathmandu Press

वायु प्रदूषणका कारण दिल्लीमा अनिश्चितकालका लागि विद्यालय बन्द

काठमाडौं, मंसिर १६ : भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।सहरको वायु प्रदूषण खराब बन्दै गएपछि भन्दै बिहीबार दिल्लीका...
वायु प्रदूषणका कारण दिल्लीमा अनिश्चितकालका लागि विद्यालय बन्द

काठमाडौं, मंसिर १६ : भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

सहरको वायु प्रदूषण खराब बन्दै गएपछि भन्दै बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शुक्रबारदेखि सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिने जानकारी दिए।

Hardik ivf

भारतीय सञ्चार माध्यमहरुका अनुसार, भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो।

वायु प्रदुषणकै कारण बुधबार अदालतले वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको भन्दै दिल्ली सरकारमाथी प्रश्न उठाएको थियो।

पछिल्ला केही हफ्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतले जनाएको छ। त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत आदेश जारी गरेका छ।

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्