Kathmandu Press

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख लाग्ने, उपाध्यक्षलाई ७५ र महामन्त्रीलाई ५० हजार

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ।बुधबार सुरु भएको राप्रपा महाधिवेशनको अहिले बन्दसत्र चलिरहेको छ। नयाँ नेतृत्व चयनका...
राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख लाग्ने, उपाध्यक्षलाई ७५ र महामन्त्रीलाई ५० हजार

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन काठमाडौंमा जारी छ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनको अहिले बन्दसत्र चलिरहेको छ। यसक्रममा निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दिँदा लाग्ने शुल्क तोकेको छ।

जसअनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गर्न १ लाख रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनले एकजना अध्यक्ष, एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ।

निर्वाचन समितिका अनुसार आज (बिहीबार) सम्म मतदाता नामावली प्रकाशन गरिनेछ भने शुक्रबार निर्वाचन कार्यक्रम सुरु हुनेछ।

प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्