Kathmandu Press

प्रधानन्यायाधीश अस्पतालमा भएकाले सर्वोच्चमा पेसी ताेक्न तीन घण्टा ढिलाइ

काठमाडाैं, मंसिर १६ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झन्डै तीन घण्टा...
प्रधानन्यायाधीश अस्पतालमा भएकाले सर्वोच्चमा पेसी ताेक्न तीन घण्टा ढिलाइ

काठमाडाैं, मंसिर १६ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झन्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ।
    
प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न ढिलाइ भएको हो।

सधै बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो। आज १ः३० मा मात्र पेसी तोकिएको छ। गोलाप्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो। आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ।

गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन्। तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ। ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन्। प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिरहनुभएको छ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्