Kathmandu Press

सेवाभावले राजनीति गर्न नेमकिपा अध्यक्ष बिजुक्छेंको आग्रह

भक्तपुर, मंसिर १६ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश र जनताको सेवाभावले राजनीति गर्नुपर्नेमा जोड दिएका छन्।भक्तपुर नगरपालिकाले...
सेवाभावले राजनीति गर्न नेमकिपा अध्यक्ष बिजुक्छेंको आग्रह

भक्तपुर, मंसिर १६ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश र जनताको सेवाभावले राजनीति गर्नुपर्नेमा जोड दिएका छन्।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेजको २०औं र ख्वप कलेज अफ इञ्जिनीयरिङको १३औं वार्षिक उत्सव समारोहलाई  बुधबार सम्बोधन गर्दै उनले  स्वार्थबिनाको राजनीतिले मात्र जनताको जीवनस्तर माथि उठ्ने बताए।

अध्यक्ष बिजुक्छेंले विद्यार्थीले ज्ञान र चिन्तनलाई निरन्तरता दिँदै देश र जनताको सेवा गर्ने भावनाले राजनीति गर्न सुझाव दिए।

नेमकिपाका सचिव प्रेम सुवालले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ २३ वर्ष अगाडि ख्वप उच्च मावि, २० वर्ष अगाडि ख्वप इञ्जिनीयरिङ कलेज र १६ वर्ष अगाडि ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सिटिइभिटीअन्तर्गत नर्सिङ र सबइञ्जिनीयरिङ विषय अध्यापनको स्वीकृति लिइ हाल ख्वप सर्कलका सात वटा कलेज सञ्चालनमा रहेको जानकारी दिए।

भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१औं शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले दुई वटा इञ्जिनियरिङ कलेजसहित सात शैक्षिक संस्था सञ्चालन गरिरहेको बताए।

ती शैक्षिक संस्थामा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्