Kathmandu Press

साउदी अरेरिबायाको सैन्य कारबाहीमा यमनमा तीनको मृत्यु, कैयौं घाइते

आदेन, मंसिर १६ : साउदी अरेबियाको सेनाको नेतृत्वमा बुधबार भएको एक कारबाहीमा परी यमनमा कम्तीमा पनि तीनजनाको ज्यान गएको छ।सो कारबाहीमा परी अरु २०...
साउदी अरेरिबायाको सैन्य कारबाहीमा यमनमा तीनको मृत्यु, कैयौं घाइते

आदेन, मंसिर १६ : साउदीअरेबियाको सेनाको नेतृत्वमा बुधबार भएको एक कारबाहीमा परी यमनमा कम्तीमा पनि तीनजनाको ज्यान गएको छ।

सो कारबाहीमा परी अरु २० जना घाइते भएका छन्। यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो कारबाही भएको थियो ।उक्त कारबाहीका क्रममा हुथी विद्रोहीहरु मारिएका बताइएको छ। सो कुराको हुथीहरुले पनि पुष्टि गरेका छन्।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ। उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ।

यमनको मारिब सहरमा केही दिनयतादेखि निरन्तर रुपमा हवाई कारबाही जारी राखेको यमनका अधिकारीहरुले जनाएका छन्। मारिब सहर यहाँका हुथी विद्रोहीहरुको कब्जामा रहेको बताइन्छ । त्यसैले साउदी नेतृत्वको साउदी र यमनी सेनाले यहाँ आक्रमण गर्ने गर्दछ।

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, मंसिर १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्