पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा आठजनाको मृत्यु, तीन घाइते
हेफेई, मंसिर १६ : पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान सहरमा बिहीबार एउटा कोच र ट्रक आपसमा ठोक्किँदा आठजनाको मृत्यु हुनुको साथै अन्य तीन जना...
हेफेई, मंसिर १६ : पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान सहरमा बिहीबार एउटा कोच र ट्रक आपसमा ठोक्किँदा आठजनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन्।
बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।
प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











