Kathmandu Press

कांग्रेसद्वारा १६ जिल्लाको अधिवेशन स्थगित, अब १४औं महाधिवेशनपछि मात्र हुने

केन्द्रीय निर्वाचन समितिको आज (बिहीबार) बसेको बैठकले अधिवेशन हुन बाँकी १६ जिल्लाको कार्यसमितिको निर्वाचनलगायत अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो।
कांग्रेसद्वारा १६ जिल्लाको अधिवेशन स्थगित, अब १४औं महाधिवेशनपछि मात्र हुने

काठमाडौं, मंसिर १६ : नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत १६ जिल्लाको अधिवेशन स्थगित गरिएको छ।

केन्द्रीय निर्वाचन समितिको आज (बिहीबार) बसेको बैठकले अधिवेशन हुन बाँकी १६ जिल्लाको कार्यसमितिको निर्वाचनलगायत अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो।

ती जिल्लाको अधिवेशन १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

कांग्रेसको जिल्लाको अधिवेशन हुन बाँकी जिल्लामा प्रदेश २ का सबै जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहट छन्। त्यसैगरी वाग्मती प्रदेशका चार जिल्ला चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा अधिवेशन सम्पन्न  हुन बाँकी छ।

गण्डकीमा नवलपरासी पूर्व, लुम्बिनी प्रदेशमा बाँके, सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन भएको छैन। 

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्