Kathmandu Press

स्पेनमा तेस्राे व्यक्तिमा पनि भेटियाे काेभिड ओमिक्रोन संक्रमण

स्पेनमा तेस्राे व्यक्तिमा पनि भेटियाे काेभिड ओमिक्रोन संक्रमण

म्याड्रिड, मंसिर १६ : कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत ओम्रिकोन–सार्स–कोभ–२ स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमामार्फत जनाएको छ।

यसअघि दुई केस म्याड्रिडमा पुष्टि भएका थिए। तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, मंसिर १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्