हिमपातपछि हुम्लाको जनजीवन कष्टकर
हुम्ला, मंसिर १६ : हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।बिहीबार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका...
हुम्ला, मंसिर १६ : हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
बिहीबार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो ।
हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात सुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ ।
चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
प्रकाशित मिति: १०:२६ बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)