Kathmandu Press

आज केही प्रदेशमा वर्षा र हिमपताको सम्भावना

आज केही प्रदेशमा वर्षा र हिमपताको सम्भावना

काठमाडौं, मंसिर १६ : नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव रहेकाले देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव रहेको छ।

जसले गर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रहने भएको छ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका हिमपताको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यका पनि यो प्रणलीको प्रभाव देखिएको छ। भोलि रातिदेखि काठमाडौंमा बदली हुने महाशाखाको आंकलन छ।

 

प्रकाशित मिति: ०८:२७ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्