Kathmandu Press

आमा समूहलाई निःशुल्क जग्गा प्रदान

तनहुँ, मंसिर १६ : व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आएका हरिबहादुर हडखलेले आमा समूहलाई जग्गा दान गरेका छन्।स्थानीय नवआदर्श आमा...
आमा समूहलाई निःशुल्क जग्गा प्रदान

तनहुँ, मंसिर १६ : व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आएका हरिबहादुर हडखलेले आमा समूहलाई जग्गा दान गरेका छन्।

स्थानीय नवआदर्श आमा समूहको भवन निर्माणका लागि उनले करीब २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन्। स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट प्रभावित भएर भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको हडखलेले बताए।

हडखलेका परिवार लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आएको छ। आमा समूहको भवन निर्माणका लागि आफूले पिता पिताम्बर हडखलेको स्मृतिमा निःशुल्करुपमा जग्गा दिन पाउँदा ज्यादै खुसी लागेको उनले बताए।

मालपोत कार्यालयमा गई जग्गा पास गरी दिएको आमा समूहकी अध्यक्ष सावित्री हडखलेले बताइन्। विगत २३ वर्ष अगाडि संस्थापक अध्यक्ष रेनुका हडखलेको अध्यक्षतामा उक्त आमा समूह जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको थियो।

तिहारमा हुने देउसी भैलो, स्थानीयको घरमा हुने बिवाह व्रतबन्ध, पूजाआजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त हुने रकमले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन्। (रासस)

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्