Kathmandu Press

नयाँ दिल्लीमा नोभेम्बरमा विगत छ वर्षयता सबैभन्दा बढी प्रदूषण

नयाँ दिल्ली, मंसिर १५ : नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ।नोभेम्बरमा...
नयाँ दिल्लीमा नोभेम्बरमा विगत छ वर्षयता सबैभन्दा बढी प्रदूषण

नयाँ दिल्ली, मंसिर १५ : नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ।

नोभेम्बरमा कूल ११ दिनमा वायु प्रदुषणको मात्रा अत्यधिक नराम्रो रहेको उक्त संस्थाले जनाएको छ। यो सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो। त्यसो त तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको बीबीसीले उल्लेख गरेको छ।

विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन्। भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो।

Hardik ivf

लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापनसम्बन्धी निकायका डा. गुफ्रान वेगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

'गएका वर्षहरूमा भन्दा यो वर्ष नोभेम्बरमा धेरै वायु प्रदूषण देखिनुमा दिपावलीका अवसरमा हुने गतिविधि र किसानले खेतमा  मलका लागि नल पराल (छापो) प्रमुख कारका हुन्,' उनले बताए।

नासाको भूउपग्रह तथ्याङ्कले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ। काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च सङ्ख्या हो।

दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो।

प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागु गर्न सकिएको छैन।

किसान आन्दोलनका कारण सङ्घीय सरकार पराल बाल्ने कार्यमाथि प्रतिबन्ध हटाउन सहमत भएपछि यो समस्या आउने वर्षहरूमा अझ नराम्रो हुने सङ्केत देखिएको छ।

दिल्लीमा पीएम २.५ भनिने प्रदूषकको स्तर विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित भनी तोकेकोभन्दा निकै माथि छ।

हालै भारतमा गरिएको एक अध्ययनले बालबालिकालाई वायु प्रदूषणका कारण मोटोपन हुनसक्ने र त्यसले श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा पार्ने देखाएको छ।

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्