Kathmandu Press

आफूले जित्ने आधारसहित कांग्रेस बागमती प्रदेशको सभापतिमा प्रधानको उम्मेद्वारी 

काठमाडौं, मंसिर १५ : नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार...
आफूले जित्ने आधारसहित कांग्रेस बागमती प्रदेशको सभापतिमा प्रधानको उम्मेद्वारी 

काठमाडौं, मंसिर १५ : नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई बढाएको बताए ।

प्रधानले निष्ठाको राजनीतिक गर्दै आएको बताए । उनले भने,‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । यसकारण पनि साथीहरुको माया र मत पाउँछु ।’ गणेशमान सिंहको शालिक अगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर आज उपस्थित भएको सुनाए । आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए ।

आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने,‘इन्द्र बाँनिया र मेरो बीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’ आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २१४५ मतमध्ये झण्डै आधा ९ सय मत यही भएकाले जित्ने आधार भएको तर्क गरे ।

पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: २०:५२ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्