कांग्रेसको स्वदेशी तथा विदेशी पाहुना स्वागत समितिले पायो पूर्णता

काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसले आगामी १४ औं महाधिवेशनका लागि बनाएको स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत कार्तिक २८ को बैठकले पार्टीको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित ‘१४ औं महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ ले आज पूर्णता दिएको हो ।
समितिमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, अम्बिका बस्नेत, मीन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा. डिला संग्रौला रहेका छन् । यस्तै आमन्त्रित केन्द्रीय सदस्यहरु बालकृष्ण पाण्डे, आनन्द (गोरख) विष्ट, सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीव बिक्रम शाह, पूर्व राजदुत डा. दिनेश भट्टराई समेत रहेका छन् ।
यस्तै अन्य सदस्यहरुमा डा. प्रभु बुढाथोकी, सुशील नाहटा, दिपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया रहेका छन् ।











-1788524800.jpg)