Kathmandu Press

चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडाैं, मंसिर १५ : काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ।

उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका–३ बस्ने चितवन राप्तीको ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन्।

Hardik ivf

काठमाडौँ महानगरपालिका–९ एयरपोर्ट एरियामा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो। उक्त टोलीले आज उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो।

बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०:२७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्