Kathmandu Press

चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

काठमाडाैं, मंसिर, १५ : ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा...
चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ
Hardik ivf

काठमाडाैं, मंसिर, १५ : ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विलबुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई आज पक्राउ गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रदेश ३–०२–०११ प ४४०४ नम्बर रहेको पल्सर मोटरसाइकललाई नम्बर परिवर्तन गरेर नक्कली विलबुक बनाएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका–३२ का दुर्गानारायण श्रेष्ठले ट्राफिक महाशाखामा निवेदन दिएका थिए। पक्राउ गरिएको मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बनोश्वर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:२५ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्