Kathmandu Press

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा हुने, गृहमन्त्री खाणले उद्घाटन गर्ने  

काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसको  लुम्बिनी प्रदेशको उदघाटन रुपन्देहीको भैरहवामा हुने भएको छ ।नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवामा रहेको...
कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा हुने, गृहमन्त्री खाणले उद्घाटन गर्ने  

काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसको  लुम्बिनी प्रदेशको उदघाटन रुपन्देहीको भैरहवामा हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवामा रहेको महेन्द्र सभागृहमा मंसिर १६ गते दिउसो १२ः३० बजे उदघाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । 

जोशीका अनुसार १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचना अनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलो पटक हुदैछ। अधिवेशनको उदघाटन कांग्रेस  केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले गर्ने कार्यक्रम तय भएको छ । 

१७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ । प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरि १५ सय ८५ जनाले मतदान गर्ने छन् । 

अधिवेशनमा ३ हजार बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैह्रेले जानकारी दिए । गैह्रेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरुको लागि खाने र बस्ने व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति: १९:५७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्