Kathmandu Press

सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रतिबद्ध छौँ : मन्त्री थापा

गण्डकी, मंसिर १५ : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।सञ्चारिका...
सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रतिबद्ध छौँ : मन्त्री थापा

गण्डकी, मंसिर १५ : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित सूचनाको हकसम्बन्धी दुईदिने प्रदेश भेलामा उनले सरकारले कानूनको मस्यौदा तयार पार्दै गरेको जानकारी दिए। सूचना लुकाउने प्रवृत्ति चिर्न तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मन्त्री थापाले नागरिकको सूचनाको हक पाउने संवैधानिक अधिकार हनन गर्नु अपराध भएको बताए।

Hardik ivf

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त तथा प्रशिक्षक यशोदा तिमिल्सिनाले शासनमा बस्दा सूचना नदिने र शासनबाट बाहिर हुने बित्तिकै हरेक नागरिकले सूचना पाउनुपर्छ भन्दै हिँड्ने प्रवृति राजनीतिक दलहरूमा मौलाएको बताइ। उनले नेपालका प्रदेश सरकारले समेत भारतमा जस्तै आयोग गठन गरी नागरिकले सजिलै सूचना पाउनुपर्ने अधिकारलाई व्यवस्थापन गर्ने कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औँल्याइन।  

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले सूचना अधिकारी सूचनामैत्री भई दिएको खण्डमा प्रत्येक नागरिकले सहजै सूचना पाउन सक्ने बताइन्। पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष कमलबहादुर थापाले सबै महत्वपूर्ण कार्यक्रम पोखरा केन्द्रित मात्र हुँदा लेखनाथ क्षेत्र ओझेलमा परेको बताए। पत्रकार महासङ्घ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जराले सूचनाको हकसम्बन्धी ऐनले पत्रकारलाई बलियो बनाएको बताए। उनले पत्रकारिता र सूचनाको हक एउटै सिक्काका दुई पाटे भएको उल्लेख गरे।

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष स्मिता अधिकारीले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि उक्त तालिम आयोजना गरिएको जानकारी दिइन्।

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्