पुस्तक प्रेमीको लागि “इन्फी किताब कार्निवल”, पुस्तकहरुमा ८० प्रतिशत सम्मको छुट
काठमाडौं, मंसिर १५ : नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दोश्रो पटक अझै भव्य रुपमा “इन्फी किताब कार्निवल २०७८” आयोजना हुने भएको छ...
काठमाडौं, मंसिर १५ : नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दोश्रो पटक अझै भव्य रुपमा “इन्फी किताब कार्निवल २०७८” आयोजना हुने भएको छ ।
पठन संस्कृतिको मर्मलाई मध्यनजर गर्दै नेपाली अनलाइन किनमेल साइट इन्फी स्टोरले ‘इन्फी किताब कार्निवल २०७८’ अभियान मङ्सिरको १५ गते देखी सञ्चालन गर्न लागेको हो । यस अभियानद्वारा पढ्ने बानीको महत्वलाई प्रचारप्रसार गर्ने तथा प्रत्येक पाठकलाई आफ्नो पठन यात्रा सुरु गर्न प्रोत्साहन गरिने कम्पनीले बताएको छ । यो उपलक्ष्यमा इन्फीले एक लाख भन्दा बढी किताबहरु सुपथ मूल्य सहित ८० प्रतिशत छुट सम्म उपलब्ध गराउने बताइएको छ ।
इन्फी स्टोरले सबै प्रकारका पुस्तक सबैको पहुँचमा पुर्याउने आयोजना गरेको यो अभियान मंसिर १५ गते देखि १४ दिन सम्म चल्नेछ । सुपथ मूल्य र ८० प्रतिशत सम्मको छुटसँगै ग्राहकले हरेक दिन विभिन्न उपहार पनि जित्ने मौका पाउनेछन् । त्यसैगरी किताब खरिद गर्दा प्रभु पे, खल्ती र सनराइज बैकंको कार्ड प्रयोग गर्दा ग्राहकहरुले क्यासब्याक पनि प्राप्त गर्नेछन् ।
नेपालको परिवेशमा भने विगतमा किताब पढेर समय बिताउने बानी अहिले फेसबुक, इन्स्टाग्राम, टिकटक र पब्जीले प्रतिस्थापन गर्दै गइरहेको छ । हिजो आज सबै उमेरका मनिसहरु मोबाइल फोनको लतमा फसेका छन् यसले गर्दा आम समुदायको किताब प्रतिको रुची पछिल्लो समयमा घटिरहेको अवस्थामा किताब कार्निवलले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
“इन्फी स्टोर” २०७७ सालको कोभिड १९ लक्डाउनको समयदेखि हजारौं ग्राहकहरुलाई दैनिक जीवनमा आवश्यक सामानहरु घरघरमा पुर्याउने सेवा गर्ने नेपाली युवा उद्यमीहरूद्वारा संचालित कम्पनी हो ।












