Kathmandu Press

भारतमा सक्रमितकाे संख्या ३ करोड ४५ लाखभन्दा बढी

भारतमा सक्रमितकाे संख्या ३ करोड ४५ लाखभन्दा बढी

नयाँदिल्ली, मंसिर १५ : भारतमा हिजो मंगलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कुल सङ्क्रमितको संख्या ३ करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

मंगलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ।  भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ।

गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ।

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्