Kathmandu Press

ओमिक्रोनका कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ

टोकियो, मंसिर १५ : जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ।ओमिक्रोन...
ओमिक्रोनका कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ

टोकियो, मंसिर १५ : जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ।

ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ। 

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई भने।

विद्यमान बुकिङमा असर नपर्ने पनि उनले बताए। जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ। १० वटा दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैरनागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।

भाइरसको डरले दर्जनौं भन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ।

जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो। पहिलो केस, मंगलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए।

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्