काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण
काठमाडौं, मंसिर १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११९, भक्तपुरमा २ र ललितपुरमा २९...
काठमाडौं, मंसिर १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ११९, भक्तपुरमा २ र ललितपुरमा २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७०३ रहेको छ।
तीमध्ये काठमाडौंमा ६६८, भक्तपुरमा ४७६ र ललितपुरमा ५५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१९ बजे, बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











