राप्रपा अध्यक्षमा पशुपति शमशेरले किन दिएनन् उम्मेदवारी?
राणाले शुरुवातमा आफूले उम्मेदवारी दिने पक्षमा रहेको तर पार्टीको हितका लागि पछाडि हट्नुपर्ने अवस्था आएको बताए । उम्मेदवारी दिएको अवस्थामा जित्न सक्ने आधारहरु समेत तयार भएका र सोही अनुसारका कार्यकर्ताको पनि साथ रहेको उनले बताए ।
काठमाडौं, मंसिर १५ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपती शमसेर राणाले जारी महाधिवेशनमा उम्मेदवारी नदिनुको कारण खुलाएका छन् ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै राणाले आफू पार्टी एकताको पक्षमा रहेको र एकता जोगाइराख्नकै लागि अध्यक्ष पदमा उम्मेदवारी नदिएको बताएका छन् ।
राणाले शुरुवातमा आफूले उम्मेदवारी दिने पक्षमा रहेको तर पार्टीको हितका लागि पछाडि हट्नुपर्ने अवस्था आएको बताए । उम्मेदवारी दिएको अवस्थामा जित्न सक्ने आधारहरु समेत तयार भएका र सोही अनुसारका कार्यकर्ताको पनि साथ रहेको उनले बताए ।
आफूले उम्मेदवारी नदिने घोषणा गरेपछि कार्यकर्ता निरास भएको समेत स्मरण गरे । ‘धेरै साथीहरुले अत्यन्तै चित्त दुखाए । तपाईँलाई हामी जिताउन यति ठूलो प्रयन्त गरेर अगाडि बडिरेको बेला किन छाड्नुभयो भने सोधे,’ उनले सम्झिए ।
राणाले आफूले उम्मेदवारी दिएको अवस्थामा पार्टी फुटको अवस्थामा पुग्न सक्ने खतराका बारेमा पनि छलफल भएको बताए। ‘तीन दशकसम्म पार्टीमा रहेर काम गरेको मान्छे हुँ, १७÷१८ वर्ष नेतृत्वमै रहेँ । पार्टीकै भविष्यबारे प्रश्न उठेपछि स्वभाविक रुपमा गम्भीर भएँ’ उनले भने, त्यसपछि मैले एकता रोजे।’
‘पार्टी कतिपटक फुट्यो । कहिले उच्च ठाउँमा पनि पुग्यो र फुटेपछि धेरै दुर्भाग्य अवस्थामा पनि पुग्यो । जत्रो ठूलो विजय हाँसिल गरेपनि पार्टी फुट्यो भने त्यो जित तितो हुन्छ भन्ने मेरो मनमा लाग्यो’ राणाले भने,‘तपाईहरुको समिक्षा, मेरो लेगेसी र पार्टीको भविष्य सोचेर यो कटु निर्णय लिन वाध्य भएँ।’











