देशभरिमा थपिए ३१६ कोरोना संक्रमित, निको हुने २५९ जना, ३ को मृत्यु
काठमाडौं, मंसिर १५ : पछिल्लो २४ घन्टामा देशभरिमा ३१६ जना कोरोना संक्रमित थपिएका छन्।१०,९१९ जनामा गरिएको पिसिआर परीक्षणबाट २८५ र १,८०८ जनामा गरिएको एन्टिजेन...
काठमाडौं, मंसिर १५ : पछिल्लो २४ घन्टामा देशभरिमा ३१६ जना कोरोना संक्रमित थपिएका छन्।
१०,९१९ जनामा गरिएको पिसिआर परीक्षणबाट २८५ र १,८०८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा २५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०३,१६८ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५२९ पुगेको छ।
अहिले देशभरिमा ६,९५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१४ बजे, बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











