Kathmandu Press

एनएमबी बैंकले पायाे ‘बैंक अफ द एयर २०२१ एसिया’ अवार्ड

काठमाडाैं, मंसिर १५ : एनएमबी बैंकले ‘बैंक अफ द एयर २०२१ एसिया’ अवार्ड पाएको छ।योसँगै उक्त बैंक एसियाकै सर्वोकृष्ट बैंकका रूपमा स्थापित भएको बैंकका...
एनएमबी बैंकले पायाे ‘बैंक अफ द एयर २०२१ एसिया’ अवार्ड

काठमाडाैं, मंसिर १५ : एनएमबी बैंकले ‘बैंक अफ द एयर २०२१ एसिया’ अवार्ड पाएको छ।

योसँगै उक्त बैंक एसियाकै सर्वोकृष्ट बैंकका रूपमा स्थापित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए।

‘यो फिल्म क्षेत्रको अस्कर अवार्डसरहको अवार्ड हो। यो अवार्ड पाएपछि एसियाकै सर्वोकृष्ट बैंकका रूपमा परिचित भएको छ,’ उनले भने।

एनएमबीलाई उक्त अवार्ड ‘द फाइनान्सियल टाइम्स’ले प्रदान गरेको हो। यसअघि चीन, सिंगापुर, कोरियालगायत देशमा रहेका ठूला बैंकहरूले उक्त अवार्ड पाएको थियो।

नेपालमा पहिलो पटक एनएमबी बैंकले उक्त अवार्ड पाएको बैंकको दाबी छ। उक्त अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकलाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्