Kathmandu Press

जनताको जीवनस्तर सुधार्न नसके राजनीतिक दलको उपयोगिता समाप्त हुन्छ : पाेखरेल

काठमाडाैं, मंसिर १५ : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने बताएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
जनताको जीवनस्तर सुधार्न नसके राजनीतिक दलको उपयोगिता समाप्त हुन्छ : पाेखरेल

काठमाडाैं, मंसिर १५ : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी अलगअलग भए पनि देश बनाउने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने सवालमा सबै दल एक हुनुपर्नेमा जोड दिए।

 ‘हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएका भए पनि देशभन्दा ठुलो अरु हुन सक्दैन, देश हाम्रा लागि सर्वोपरि हो,’ उनले भने।

मुलुकको राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको उनले बताए। उनले विगतलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुकको समृद्धितर्फ अघि बढ्न दलहरुका बीचमा एकताको विकल्प नरहेको स्पष्ट पारे।

उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर सबै दल अघि बढ्नुपर्नेमा जोड दिए। उनले राप्रपालाई पनि देश र जनताको समृद्धितर्फ उन्मुख हुन सुझाए। उनले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको समेत बताए।

उनले सामाजिक सद्भाव कायम राख्न, समाजमा देखा परेको अराजकता अन्त्य गर्न सबै दल आफैंमा सुदृढ भएर देशको समृद्धिलाई एउटै गन्तव्य बनाएर अघि बढ्नुपर्ने धारणा उनले राखे। 
 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्