Kathmandu Press

एमाले एकजुट भएको सन्देश गयोः उपाध्यक्ष नेम्वाङ

चितवन, मंसिर १५ः नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन्। पत्रकारसँग कुराकानी गर्दै...
एमाले एकजुट भएको सन्देश गयोः उपाध्यक्ष नेम्वाङ

चितवन, मंसिर १५ः नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन्। 

पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताए। उनले भने, ‘यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं।ँ महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उनले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताए। 

निरङ्कुशता विरुद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उनको भनाइ थियो । एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उनले यसैका आधारमा अघि बढ्ने बताए। 

उनले भने, 'सन्तुष्टि सयमा सय कहिल्यै हुदैन, तर समग्रमा म सन्तुष्ट छु।’ विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन्? सक्छन् की सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै उनले हामीले सफल बनाएर देखाएको उल्लेख गरे। उनले भने, ‘हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो, तर अहिले सफलता पूर्वक सम्पन्न भयो।’  

निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताए। पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उनको भनाइ थियो। 

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्