Kathmandu Press

नेपालमा ‘ओमिक्रोन’ भेरियन्टको जोखिम : अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल 

काठमाडौं, मंसिर १५ः सरकारले विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेका कारण अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अपिल जारी गरेको...
नेपालमा ‘ओमिक्रोन’ भेरियन्टको जोखिम : अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल 

काठमाडौं, मंसिर १५ः सरकारले विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेका कारण अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अपिल जारी गरेको  छ। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा पनि ओमिक्रोन भेरियन्टको जोखिम बढेका कारण नागरिकहरुलाई सचेत रहन आग्रह गरेको हो। 

मन्त्रालयले नेपालमा ओमिक्रोन भेरियन्ट नदेखिएको पनि जानकारी दिएको छ । तर विश्वका विभिन्न मुलुकहरुमा यसको संक्रमण देखिएपछि नेपालमा पनि निगरानी तथा परीक्षणको दायरा बढाइएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्। 

मन्त्रालयले नयाँ देखिएको भेरियन्टलाई नेपाल प्रवेश गर्न नदिनका लागि नेपाल सरकार र सबै निकायहरु तीब्र रुपमा एक भएर काम गरिरहेको जनाएको छ । 

कोरोनाबाट बँच्नका लागि स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । साथै खोपले नै कोभिडबाट बँचाउने भएका कारण नजिकको केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। 

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्